सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा
मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ ।
पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१(०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको पाइएको हो।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मिश्रले २०७१७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको थियो। सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफनै खातामा जम्मा गरेको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढु∙ाना, पदमप्र्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।
मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व चुहावट भएको आयोगले जनाएको छ। उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता थपलियाले बताए। यो समाचार नागरिक दैनिकमा छ ।


