कांग्रेसले भूकम्पपीडितका लागि सरकारलाई दियो ५० लाख

कात्तिक २१ गते, कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई सो चेक प्रदान गरेका हुन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।