ग्वार्कोको ओभर पास निर्माण अन्तिम चरणमा
काठमाडौं । ललितपुरस्थित ग्वार्काे चोकमा बनाइरहेको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । २०७९ मंसिर २३ शुक्रबारबाट सुरु भएको काम अहिले अन्तिम चरणमा पुगेको जनाइएको हो । आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण सुरु गरेका थिए ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरका प्रमुख सुपरिटेण्ड इन्जिनियर प्रभातकुमार झाले काम सकिने क्रममा पुगेको जनाए ।
ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण सुरु गरिएको थियो । नेपालको सडक सञ्जालनमा बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो ।
इपिसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन ०७८ टेन्डर आह्वान गरेको थियो । त्यसपछि माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभी त्यसमा छनोट भएका थिए । त्यसलगत्तै ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले फागुन ०७८ देखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए । यस आयोजनाको डिजाइन सडक विभागबाट स्वीकृति भएको थियो ।
यस्तो हुनेछ फ्लाई ओभर
यस फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो ¥याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको ¥याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको हो ।
चक्रपथको यो खण्ड हाल आठ लेनको छ । त्यसमा बीचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइनेछ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन् । मंगलबजार–इमाडोल–मंगलबार आवतजावत गर्ने सवारीसाधन भने फ्लाई ओभरमुनिबाट जानुपर्नेछ ।
फ्लाई ओभर नेपाल सरकारकै लगानीमा बन्नेछ । त्यसमा १७ करोड ६८ लाख रुपैयाँ लगानी गरिएको विभागको भनाइ छ । निर्माण कम्पनीसँग सोहीअनुसार नै ठेक्का सम्झौता भएको विभागको भनाइ छ ।
सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर बन्ने कहिले ?
विभागले योबाहेक सातदोबाटो र एकान्तकुनामा पनि फ्लाई ओभर बनाउने प्रक्रिया अघि बढाएको छ । त्यसको सम्भाव्यता अध्ययनसमेत सम्पन्न भइसकेको छ । तर, निर्माण सुरु गर्ने विषय भने अझै टुंगो नलागेको विभागका निर्देशक नवीनमान श्रेष्ठले बताए । विभागले बहुवर्षीय आयोजनाअन्तर्गत उक्त फ्लाई ओभरहरू बनाउन राष्ट्रिय योजना आयोग र रकम सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ । तर, हालसम्म त्यसको कुनै प्रतिक्रिया नआएको श्रेष्ठको भनाइ छ ।
कहिले बनिसक्छ फ्लाई ओभर ?
विभागले निर्माण कम्पनीसँग दुई वर्षको अवधिसहित ठेक्का सम्झौता गरेको छ । त्यसमा डिजाइन बनाउन नौ महिना समय लागेको छ । १४ महिनाको समय तोकेर ट्राफिक कार्यालयमा पत्र पठाएको थियो ।
सडक विभागले २७ माघ, २०७८ मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । निर्धारित समयअनुसार काम भएमा २०८० फागुनभित्र ओभरपास बनिसक्नुपथ्र्याे आशिष, रेलिगेयर, समानान्तर जेभीसँग ओभरपास निर्माणका लागि १७ करोड ६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो भने ओभरपास निर्माणको ५ वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मतसम्भार गर्नुपर्ने गरी सम्झौता भएको थियो ।


