डा इन्दुल केसीको जन्मदिनमा पुस्तक प्रकाशन

धुलिखेल । भक्तपुरका एकजना पूर्व प्रशाशक डा इन्दुल केसीले आफनो जन्म दिनको अवसरमा पुस्तक प्रकाशन गरी सार्वजनिक गरेका छन् । शनिबार धुलिखेलमा भएको आफनो ८४ औं जन्म दिनको अवसरमा दुई थुंगा फुल नामक पुस्तक प्रकाशन गरेका हुन् ।
नेपाल सरकारको उपसचिवबाट झण्डै दुई दशक अगाडि नै सेवा निवृत भएका उनका यसअघि पनि विभिन्न पुस्तकहरु प्रकाशित भइसकेका छन् । शव्दयात्रा प्रकाशन धुलिखेल काभ्रेको आयोजनामा भएको जन्मदिनको अवसरमा भएको पुस्तक सार्वजनिक कार्यक्रममा डा केसीसहित शव्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलगायतले पुस्तकको लोकापर्ण गरेका थिए ।
पुस्तकमा स्वर्गीय संस्कृतिविद् सत्यमोहन जोशीद्धारा डा इन्दुल केसीको विषयमा लिखित कविता र ३० वटा विभिन्न भाषाहरुमा त्यसको अनुवादको कवित संग्रह सार्वजनिक गरिएको हो । पुस्तकको सम्पादक रोशन मञ्जुश्री अधिकारीले गरेका छन् ।
कार्यक्रममा कविता वाचन तथा भजनकीर्तन कार्यक्रम पनि गरिएको थियो । कार्यक्रम दिनभर चलेको थियो ।