अविस्मरणीय प्रेम

कुसुम थापा
प्रेम शब्द निकै अनौठो रहेछ । कहिले नसोचेको, कहिले नदेखेको मान्छे पनि आफ्नो प्राणभन्दा प्यारो हुने रैछ । कति मान्छे त्यही प्रेममा परेर मरेका छन्, कोही प्रेम पाउन दिनरात मन्त्र जप्छन् । कोही प्रेम पाएर पागल हुन्छन्, कोही प्रेम नपाएर पागल हुन्छन् । म प्रेममा डुबेर पागल भएँ ।
खै १ कसरी परे म प्रेममा रु पहिलो नजर पहिलो भेटमै प्रेम रु अचम्म लाग्छ आज आफूले आफैलाई देखेर । ऊ मेरो पहिलो प्रेम त हैन तर आजको दिनसम्म मैले उसलाई भुल्न पनि सकेको छैन । यति यादगार र न्यानो छ कि, जब राति सुत्ने बेला म आँखा चिम्लन्छु उसको मुहार मेरो आँखा अघि झलल आउँछ । त्यो दिन त्यो समय अनि उसका त्यो मुहार सम्झँदा एक मन खुसी एक मन रुन मनलाग्छ ।
वास्तवमा उनको मेरो भेट सामान्य थियो । मैले उनलाई प्रहरीको तालिममा भेटेको हो । पहिलो भेटमै म ऊप्रति आकर्षित भएकी थिए ं। उसले पनि मप्रति माया देखाउँथ्यो । छोटो समयमै उनीमा म पूर्ण रुपमा डुबिसकेको थिए । उनले पनि मलाई आफ्नो मान्छे झै हक जमाउथ्यो, यसैमा म खुसी थिएँ । दिन बित्यो, रात बित्यो बल्ल त्यो दिन आयो, जुन दिन उसले मलाई पूर्ण रुपमा आफ्नो बनाउनका लागि प्रेम प्रस्ताव राख्यो । म खुसीले गदगद भएँ, मेरो खुसीको सिमा नै रहेन । कति दिनको लामो पर्खाइपछि आज बल्ल मन शान्ति भयो । दोहोरो कुरा केही नसोची मैले उनको प्रेम प्रस्ताव स्वीकार गरेँ । मायाले बाँधेको हाम्रो सम्बन्ध निकै स्वस्थ रुपमा अघि बढ्यो । उनले मलाई कान्छी बुडी भन्थ्यो । मैले पनि उसै भनेको होला भनी खुसी हुन्थेँ । उनी मलाई आफ्नो काम छाडेर लुकी लुकी भेट्न आउँथ्यो । म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थे । हाम्रो प्रेमको चर्चा पुरै चौकी,,साथीभाइमा थियो । साथीसँग कुरा गर्दा पनि उनको नाम आएमा मेरो मुहार निकै उज्यालो र हर्षित देखिन्थ्यो । यसरी नै हाम्रो प्रेम सम्बन्ध सुरु भएको दुई महिना भयो र हाम्रो तालिम सकिएर आ–आफ्ना घरमा फर्किसकेका थियौँ । अब उनको र मेरो भेट कम हुन थाल्यो र कुराकानी म्यासेजमै सीमित रह्यो । जतिसुकै झगडा भएता पनि म ऊसँग खुसी थिएँ र ऊ पनि । तर त्यो खुसी धेरै सम्म रहेन ।
एक बिहान अचानक उसले मलाई केही म्यासेज गरेन र मैले गरेको म्यासेज,कलको पनि केही जवाफ आएन । लगातार सम्पर्क गर्न खोज्दा पनि केही सीप लाग्ने । बल्लतल्ल उठेको फोनबाट पनि रुखो स्वरमा बिरामी छु,सुत्छु भनी फोन काटियो । त्यही कुराले मनमा चिसो झस्को पस्यो । त्यो दिन मेरो मन निकै निराश थियो । दिउँसोभरि मलाई उनको कुरा मनमा खेलिरहेको थियो । करिब ५ बजेतिर उनको मलाई कल आयो र भेट्नको लागि बोल्यो । म केही नसोची उनलाई भेट्न गएँ, । उनले दोहोराएर कुरा केही गरेन । मैले नि उसलाई केही प्रश्न गरिनँ । हामी चिया खान चिया घर गयौँ । त्यहाँ बस्दा पनि उसले कुराहरू केही नभनी चुपचाप बस्यो । केही समयपछि उसले मलाई घरभन्दा अलिक तलतिर पुराइदियो । म आफ्नो घर गएँ र ऊ आफ्नो घरतर्फ लाग्यो ।
घर पुग्दा मलाई एक युवतीको म्यासेज आएको रहेछ । ब्लक पनि गरेको रहेछ । अरु समयमा त यस्तो म्यासेजको खासै मतलब लाग्दैन थियो तर त्यहाँ मेरो प्रेमको नाम रहेकाले मनमा नानाथरीको प्रश्नहरू आउन थाल्यो । मैले मेरो साथीलाई त्यस्ती युवतीले यसरी म्यासेज गरेको रहेछ भनेर भनेँ र उसले आफ्नै प्रोफाइलबाट उक्त महिलाललाई म्यासेज गर्न लगायो । त्यसपछि मेरो साथीको म्यासेजको कुरी बस्न थालेँ ।
केही समयपछि मलाई मेरो साथीले म्यासेज पठाएँ– उक्त म्यासेज हेरेपछि म अक्कबक्क भएँ । मन चिसो भयो । आँखाबाट बरर।।। आँसुको थोपा खस्यो । जसलाई मैले आफूभन्दा बेसी माया गरेँ, जोसँग मैले आफ्नो भविष्य साचेको थिएँ । ऊ त पहिले नै विवाहित रहेछ ।
अघि म्यासेज गर्ने युवती उनको श्रीमती रहेछन्, जसको पेटमा ५ महिनाको बच्चा पनि थियो । त्यस्तो म्यासेज देख्नासाथ मैले आँखा चिम्म गरेँ । त्यसैत्यसै निस्सासिएर सास फेर्न गाह्रो भयो । मन भारी भयो । तर भर्खरै म उनलाई भेटेर मात्र घर भित्र पसेकी थिएँ, फेरि उनलाई भेट्न मन लाग्यो । त्यो कुरा मैले एक प्रतिशत पनि पत्याउन सकिरहेको थिएन । उनको मुहारलाई सम्झँदा आफूलाई डर लागेर आउन थाल्यो । त्यो रात उसले एकपल्ट पनि सम्पर्क गरेन । मलाई पनि उसलाई कल गर्न आँट आएन । मनमा अनेक कुराहरू अलमल्ल परिरहेको थियो । त्यो रात पछि उनले मलाई ३÷४ दिनसम्म एकचोटि पनि कल गरेन ।
केही दिन पछि उनले मलाई फेरि भेट्न बोलायो र हामी भागी जाऔँ भन्न थाल्यो । एउटा गर्भवती श्रीमतीलाई छाडेर कसरी जाने सोचेको होला, अझै थाहा छैन । ज्यान सिरिङ्ग भएर आउँछ तर त्यसबेला मेरा आँखा बन्द भएको थियो । मनमा दोहोरो कुरा चलिरहेको थियो । मनमनै सोच्थे यदि उनीहरू खुसी छैनन् भने उनीहरु छुटेको राम्रो लाग्थ्यो । यदि ऊ मलाई लिन आयो भने जान्छु भनी बसे । उसले मलाई बेलाबेला म्यासेज गरथ्यो । मुखले तसँग जान सक्दिन भने तापनि मन भने उतिरै थियो ।
निकै लामो समय पछि अचानक एकदिन फेरि उनको मेरो भेट भयो, जुन हामीले योजना गरेर भेट भएको थिएन । उसले मलाई घुम्न जाम भन्यो र हामी नालागुम्बा गुम्न गयौ ं। त्यहाँ घुम्दा मैले आफ्नो दुःख र उसले दिएको धोकाबारे भने । उसले मेरो कुरा सुनेर अँधेरो अनुहार बनाउँदै पहिला नै मैले तिमीलाई भेटेको भए आज यस्तो हुने थिएन भन्यो । अहिले पनि म तिमीलाई त्यति नै माया गर्छु जाम न मसँग भन्यो । त्यो कुरा सुनेपछि मलाई फेरी ऊप्रति झन् माया लागेर आयो । तर म ऊसँगै जान भनी हिमत गर्न सकिनँ । दिउसोको ४ बजेतिर उसले मलाई मेरो घरसम्म पुरयाइदियो र ऊ फर्कियो । म त्यही मान्छेसँग घर आएको दिदीले देखेको रहेछ । दिदीले मलाई घर छिर्ने बित्तिकै गालामा एक झापड हानी र बेसरी गाली गरी । अब उप्रान्त ऊसँग भेटेको, बोलेको थाहा पाएमा बाबालाई भन्दिन्छु भन्दै मलाई राम्ररी सम्झाईबुझाई गरी । मैले पनि त्यो कुरालाई धेरै सोचेँ । आफ्नो गर्भवती श्रीमतीलाई छाडेर जान सक्ने मान्छेले मलाई छोड्न पनि के बेर लगाउँछ होला र भन्ने जस्तो लाग्यो । मनभरि उसको लागि रहेको त्यो माया मैले त्यही त्याग गरिदिए ।
त्यसपछि हाम्रो बोलचाल र भेटघाट कहिल्यै भएन । आज पनि जब म विगतका दिनहरूलाई सम्झन्छु मेरो आँखा पूर्ण रूपमा भरिएर आउँछ । समाप्त