पुरानो जगाती पुलमा मालबाहक सवारी निशेध

भक्तपुर । भक्तपुरको पुरानो जगातीको ऐतिहासिक पुरानो पुलमा मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । भक्तपुर नगरपालिकाले तयार गरिदिएको साइनबोर्ड पुलको दुवै छेउको लठामा टाँंगेर स्थानीयले पुलमा चारपाँग्रे सवारीसाधन निशेषधको औपचारिक जानकारी दिएका हुन् ।
भक्तपुरको पुरानो जगातीबाट माथि बाचामारी जाने पुरानो पुलको एक छेउमा ढुंगा र स्ल्याब राखेर स्थानीले चाँंरपाँग्रे सवारी प्रवेश गर्न नमिल्ने बनाएका छन् । पुरानो पुललाई जोगाउनु आवश्यक रहेको भन्दै स्थानीयले यसअघि पनि पहल गरेका थिए । तर जानकारी अभाबका साथै अटेर गरी त्यहाँं सवारीसाधन चल्दै आएको थियो । अवका दिनमा पनि जवरजस्त सवारी चलाए कारबाहीको पक्रियामा जाने चेतावनी स्थानीयले दिएका छन् ।