सत्य, शान्ति, न्याय र समृद्धिको मार्गमा अग्रसर हुन उपराष्ट्रपति प्रसाद यादवको आग्रह

काठमाडौं, ३१ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपालीलाई सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गर्नुभएको छ ।काठमाडौँको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा शनिबार आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवम् प्रवचन’ कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त आग्रह गर्नुभएको हो ।

उहाँले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा समेत रहेको बताउनुभयो । श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गर्नुभयो, जसले देखाउँछ(नेतृत्व शक्ति मात्र होइन, सेवा पनि भएको बताउनु भएको छ ।।