संसद बैठकमा मनलाग्दी बोलेर हिड्ने कस्तो प्रचलन हो ? : प्रधानमन्त्री ओली
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी ओलीले संसद बैठकमा मनलाग्दी बोल्ने हाजिर गरेर भत्ता पचाउदै अरुको कुनै कुरा नसुनी बैठकबाट बाहिरीने साँसदबाट देश विकासको आसा राख्नु गल्ती हुने बताउनु भएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा अराजकता मच्याउन खोजेको आरोप लगाउदै संसदमा मनमा लागेका कुरा राख्ने र अरु नसुनी हिड्ने कहाँको चलन हो भनी प्रतिप्रश्न समेत गर्नुभएको छ ।
उहाले मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नयाँ भनेबाटै जनतामा भ्रम छरिरहेको समेत टिप्पणी गर्नुभएको छ । उहाँ ‘राजतन्त्र जस्तो अँध्यारो दिनहरू फर्काउन केही तत्त्वहरू लागिरहेका समेत बताउनु भएको छ ।
केही तत्त्वहरू देशमा अराजकता मच्याउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। नयाँ त भर्खर खोलेका पार्टी नयाँ त हुने नै भए। जसको कुनै योगदान छैन।’ उहाले देशलाई आजको स्थितिमा पुर्याउनको लागि आफूहरूले बलिदान, संघर्ष र त्याग गरेको पनि सुनाउनु भएको छ ।


