आन्दोलनका क्रममा व्यावसायिक सम्पत्तिमाथिको क्षति नपु¥याउन नीजि क्षेत्रको आग्रह

काठमाडौं । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा व्यावसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि ठूलो क्षति भएकोमा निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् । उनीहरुलले अबका दिनमा यस्तो आगजनी र आक्रमण नहुने वातावरण बनाउन समेत सवै पक्षलाई आग्रह गरेको छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले विज्ञप्तिमार्फत पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड एवम् आगजनीका घटना भएको भन्दै अबका दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सम्पूर्ण पक्षको ध्यानाकर्षण गराएको छ । महासङ्घका अनुसार उद्योग व्यवसाय प्रतिष्ठानमा देशभर अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ ।

यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको जनाएको छ । क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मै गम्भीर असर पर्ने प्रारम्भिक आँकलन महासङ्घले गरेको छ । महासङ्घले सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव रहेको बताउँदै स्थायित्वका लागि युवाहरूको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न आवश्यक रहेको बताएको छ ।

लगानी एवम् रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन महासङ्घले सबैमा आग्रहसमेत गरेको छ । ुजेन–जीु आन्दोलनका क्रममा भएको आगजनीबाट भाटभटेनी, चन्द्रागिरि हिल्स, हिल्टन होटल, टाटा, हुन्डाई, महिन्द्रा र सिजी मोटर्सका शोरुमलगायतमा क्षति पुगेको छ ।