धनगढीमा जेनजी युवा र राष्ट्रिय युवा संघका युवाबीच घम्साघम्सी

कैलाली । धनगढीमा एमाले नेता महेश बस्नेतलाई कार्यक्रममा जानबाट रोक्न भन्दै विरोध प्रदर्शन गरिरहेका जेनजी युवा र एमालेको राष्ट्रिय युवा संघका युवाहरूबीच घम्साघम्सी भएको छ । युवा जागरण अभियानको लागी महेश बस्नेत लगायतका नेताहरू धनगढी पुगेपछि चोकमा एक दर्जन जेनजी युवाहरू प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए ।

महेश बस्नेत आउँदै गर्दा उनीहरूले नाराबाजी गर्दा विवाद सृजना भएको थियो । केही बेरको घम्साघम्सीपछि जेनजी युवाहरू तितरबितर भएका थिए भने जेनजी युवाहरूले आफूहरूमाथि कुटपिट भएको आरोप लगाएको छन । एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको नाममा प्रदर्शन गर्न थालेपछि केही बेर विवाद भएको तर कुटपिट नगरेको युवा संघले जनाएको छ ।