काँग्रेसको १५ औं महाधिबेशन पुसको २६ गते गरिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने सर्वसम्मत निर्णय भएको बताइएको छ । काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरिने समेत निर्णय भएको बताइएको छ ।

महाधिवेशन कार्यतालिका यस प्रकार छः

–मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने ।

–जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

–क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

–नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

–विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

–गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

–गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

–प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

–एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

–प्रदेश अधिवेशन २३ र २४ गते ।

महाधिवेशन पुस २६, २७ र २८ गते ।