काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा सोमबार निजामती कर्मचारी अस्पतालमा मिनभबनमा उपचारकै क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या रहेको बताइएको छ । शाहलाई आइतबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । उनका अनुसार आइतबार आकस्मिक स्वास्थ्यामा समस्या भएपछि बेहोसी अवस्थामै उपचारको लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ । आकस्मिक स्वास्थ्यमा समस्या आएपछि यहाँ ल्याएर भर्ना गरिएको थियो,परीक्षणको क्रममा पिसाबमा संक्रमण देखिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुग्नु भएको थियो ।