पार्टीमा अनुशासनलाई पहिलो प्राथमिकता दिनु : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बस्न अनुशासनलाई प्रमुख प्राथमिकतामा राख्न सवै प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । एमालेको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको बताउदै अनुशासनलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका हुन् । ‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् ।
हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य रहेको बताएका छन् । उनले मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो। अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन,’ उनले भने, ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइन ।
यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ । हाम्रो पार्टी लोकतान्त्रिक हो ।’ नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा बसेको छ । बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै फोन अफ गर्न समेत निर्देशन दिएको बताइएको छ ।


