सरकारले निर्माण व्यवसायीमाथी आतंक मञ्चायो : बाग्मती मुख्यमन्त्री बाँनिया
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले राज्यले निर्माण व्यवसायीमाथि आतंकीत बनाएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभालाई सम्बोधन गर्नेक्रममा उनले सो कुरा बताएका हुन ।
मुख्यमन्त्री बानियाले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराए। उनले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए। मुख्यमन्त्री बानियाले निर्माण व्यवसायीलाई बैंकले पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताए।


