सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएको छु : संयोजक प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएर अधि बढी रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा पुर्वप्धानमन्त्री समेत रहेका संयोजक दाहालले आफूहरुले १६ वटा कम्युनिष्ट पार्टीहरूलाई एकतावद्ध बनाएर अघि बढेको र त्यही एकताको आधारमा सहमति, सहकार्यको बाटोबाट सबै कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा उभ्याएर समाजवादतिरको यात्रालाई अघि बढाउन चाहेको समेत बताए।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै विभिन्न छलकपट गरेर आफ्नै सहकर्मीहरूमाथि प्रतिशोध साँध्ने काम गरिरहेको आरोप समेत लगाए।


