निर्यातभन्दा आयात बढी : व्यापार घाटामा भएन नियन्त्रण
काठमाडौँ । चालु आर्थिक वर्षको साउन–मंसिर महिनासम्ममा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा उल्लेख गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १५ दशमलव ८३ प्रतिशतले बढेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा निर्यात समेत ५८ दशमलव १७ प्रतिशतले बढेको छ बताइएको छ ।
विभागले १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको समेत दाबी गरेको छ । आयात बढेसँगै वैदेशिक व्यापार घाटामा समेत बृद्धि भएको विभागको तथ्यांक उल्लेख गरिएको छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ । नेपालले वस्तु निर्यातभन्दा बढी आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा रहेको छ ।
गत आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा १ दशमलव ५२ प्रतिशत थियो भने चालु आर्थिक वर्षको पाँच महिना मा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार आयात १५ दशमलव ८३ प्रतिशतले बढेको छ ।
विभागका अनुसार १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात गरेको हो । निर्यातसमेत ५८ दशमलव १७ प्रतिशत बढेको छ । विभागले पाँच महिनामा कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन, डायमोनियम हाइड्रोजनसुन अर्थोफोस्फेटलगायत वस्तु सबैभन्दा बढी आयात भएको जनाएको छ ।
नेपालबाट अन्य मुलुकहरुमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, अन्य फेल्टका सामग्री, पाम तेललगायत वस्तु निर्यात गरिएको छ । यसैगरी, नेपाल सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २७ खर्ब ८८ अर्ब ५३ करोड रूपियाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत असार मसान्तसम्म सरकारको कुल ऋण २६ खर्ब ७४ अर्ब चार करोड रूपियाँ थियो ।
चालु आवको पाँच महिनामा त्यो थप बढेर २७ खर्ब ८८ अर्ब ५३ करोड रूपियाँ पुगेको हो । सरकारले यो पाँच महिनामा एक खर्ब ७५ अर्ब १२ करोड ३१ लाख रूपियाँ ऋण लिएको छ । यही अवधिमा एक खर्ब ३८ अर्ब ३० करोड रूपियाँ साँवा भुक्तानी पनि गरेको छ । यसै गरि यस बीचमा विदेशी विनिमय दरमा आएको बृद्धिले ७७ अर्ब ६६ करोड रूपियाँ दायित्व थपिएको छ । सरकारले तिर्नुपर्ने कुल ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रूपियाँ पुगेको हो । त्यसमा आन्तरिक ऋण १३ खर्ब एक अर्ब ६३ करोड रूपियाँ र बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रूपियाँ रहेको छ । यो ब्याज बाहेकको साँवा ऋण मात्रै हो ।


