सरकारले वातावरण बनाए चुनावमा जान पार्टी तयार छ : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताएका छन् । उनले स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको समेत बताएका छन् ।
‘निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन कुनै गाह्रो नभएको समेत उनले बताएका छन् । उनले भने,‘हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने पर्खाइमा रहेका छौँ ।’ उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको संयुक्त बैठकमा भएको विषयमा पनि उल्लेख गरे । ‘राष्ट्रपतिलाई हामीले भन्यौँ चुनाव विरोधी हामी होइनौँ। प्रतिगमन हुन हुँदैन भन्यौँ ।
प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ भन्ने कुरा भयो । यो अदालतमा छ अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ । तर, वातावरण बनेको खोई रु अहिले पनि विभिन्न आक्रमण भइरहेका छन् । नेताहरूलाई कतै जान दिइएको छैन । यसरी निर्वाचनको वातावरण हुन्छ ? ’


