बालेन्द्र साह र रबी लामिछानेबीचको छलफल गरिएको घरमा तालाबन्दी
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भई रहेको स्थानमा सुदन गुरुङले गेटमा ताला बन्द गरेको बताइएको छ । बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो ।
उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । भित्र छलफल चलिरहँदा घरबाहिर स्वघोषित जेनजी अगुवा सुधन गुरुङलगायतको एक समुहले गेटमा ताला लगाएको बताइएको छ ।


