समृद्धि स्टील्सको ‘समृद्धि समन्वय साँझ’ सम्पन्न (भिडियो सहित)

काठमाडौं । समृद्धि स्टील्सले सपनाको घरको जगलाई बलियो बनाउँछ र परिवारलाई पूर्ण सुरक्षा प्रदान गर्छ भन्ने जिम्मेवारी सहित विभिन्न ब्रण्डको स्टील्स्का बारहरु उत्पादन गर्दै आएको जनाइएको छ । सो कम्पनीले अत्याधुनिक प्रविधिबाट उत्पादित उच्च गुणस्तरीय स्टिल जस्ले घरलाई भूकम्प, बाढीपहिरो जस्ता वातावरणीय जोखिमबाट अधिक सुरक्षा प्रदान गर्ने दाबी समेत गरिएको छ । लक्ष्मी ग्रुप अन्तरगत रहेको सो कम्पनीले एक पूर्ण स्वचालित स्टील उत्पादन प्लान्ट हो जुन अत्याधुनिक प्रविधि र उपकरणहरूद्वारा निर्मित र सञ्चालित रहेको दाबी गरेको छ ।

जसले विश्वस्तरीय टिएमटी स्टील बारहरू उत्पादन गर्दछ । यो नेपालको एक मात्र कम्पनी हो जसले ४० मिमी टिएमटी स्टील बारहरू उत्पादन गर्न सक्षम रहेको छ । उत्पादनको आकार ८ मिमी देखि ४० मिमी सम्मको रहेको जनाएको छ । यसको प्राथमिक ब्रान्ड “समृद्धि स्टील्स एक्स–रिब्ड टिएमटी बारहरूको साथ, बलियो र उत्कृष्ट निर्माणहरूको लागि उत्तम लम्बाइ र तौल अनुपातको साथ उच्च गुणस्तरको निर्माण स्टील प्रदान गर्ने लक्ष्य राखेको समेत बताएइएको छ ।

 

https://youtu.be/j1hJfh67kG8?si=RG0-Oyes1TZ-Q7NL

यस स्टील्सले नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरको स्टील प्रदान गर्ने लक्ष्य पूरा गर्न “समृद्धि ५०० र समृद्धि ५०० डिएक्स रिब्ड टिएमटी बारहरू बजारमा ल्याएको जनाइएको छ । यसको प्राथमिक ब्रान्ड “समृद्धि स्टील्स एक्स–रिब्ड टिएमटी बारहरूको साथै स्टील्सले बलियो र उत्कृष्ट निर्माणहरूको लागि उत्तम लम्बाइ र तौल अनुपातको साथ उच्च गुणस्तरको निर्माण स्टील प्रदान गर्ने लक्ष्य राखेको छ ।

सो कार्यक्रममा सिभिल इन्जिनियरिङ्ग ल्याबरेटोरि एशोसिएसन अफ नेपाल (सिल्याण्ड नेपाल) का अध्यक्ष राम शरण देउजाले निर्माण कार्यमा गुणस्तरियताको भुमीका महत्वपूर्ण हुने भएकाले त्यसलाई मध्यनजर राखी यस कम्पनिले गुणस्तरिय बस्तुहरुको उत्पादनमा खेलेको भुमीका उल्लेखिनिय रहेको बताएका छन् ।

सो कार्यक्रममा कम्पनीका महाप्रबन्धक अजय जोशी विभिन्न व्यवसायी तथा शुभचिन्तकहरुको लगायतको सहभागीता रहेको थियो ।