उद्योग दर्ता र संचालनमा एकद्वार प्रणाली कार्यान्वयन गर्न चेम्बरको माग
काठमाडौं । उद्योगको दर्ता प्रकृयादेखि संचालनमा ल्याउ“दासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हालाई आग्रह गरेको छ । मुुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण हुुनुुपर्ने चेम्बरको धारणा रहेको समेत जनाएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हा समक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर र अनुुमतिपत्र हटाउने व्यवस्थाका लागि पहल गर्न समेत आग्रह गरेका छन् ।
चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले औद्योगिक र व्यवसायिक वातावरण निर्माणसंगै उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोमा जोड दिएका छन् । उनले यसका लागि अविलम्ब बीमाको बिस्तृत दायरा समेटेर आन्तरिक लगानी प्रवद्र्धन एवं सुरक्षा नीति ल्याउनुुपर्ने समेत बताएका छन् । रेमिट्यान्सलाई उत्पादन मुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुुनुुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिएका छन् ।
नेपालको औद्योगिक क्षमता उपयोग खस्किएको प्रति अध्यक्ष अग्रवालले मन्त्री सिन्हाको ध्यानाकर्षण गराएको बताएका छन् । उनले भने, ‘नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार ०८१/०८२ मा नेपालको औषत औद्योगिक क्षमता उपयोग ४४.५% मा सिमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा औसत क्षमता उपभोग ४८.३% रहेको थियो ।’ उद्योग व्यापार र लगानी सम्बनधी नीतिहरुमा वारबार परिवर्तन नहुुने स्पष्ट प्रतिवद्धता सरकारबाट आउनुु पर्नेमा उनको भनाई रहेको छ ।
आर्थिक कुुटनीतिको माध्यामबाट विश्वबजारहरुको खोजी गरिनुुपर्ने र निर्यातकर्तालाई निर्यात अनुुदानको सुुनिश्चितता गर्नुुपर्ने अध्यक्ष अग्रवालले बताएका छन् । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री सिन्हाले मुुलुुकभित्र औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि सहजीकरणको प्रयास भईरहेको बताएका छन् ।
निजी क्षेत्र र आम सेवाग्राहीलाई प्रसाशनिक र नीतिगत झण्झट कम गर्नका लागि सरकारले प्रयास गरिरहेको मन्त्री सिन्हाको भनाई रहेको छ । निर्यात अनुुदानमा लागेको बन्देज खुुलाउनका लागि प्रयास भईरहेको मन्त्री सिन्हाले बताएका छन् ।
उनले बजार अनुुगमनमा नाममा व्यवसायीलाई दुुःख दिन नहुुनेमा सरकार सजग रहेको र स्वदेशी लगानी सुुरक्षाका लागि सरकारले गम्भिरताका साथ काम गरिरहेको बताएका छन् । मन्त्री सिन्हाले आद्यौगिक वातावरण सहज बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।


