शेयरधनीको सुझावलाई कार्यान्वयन गरि कम्पनीलाई अगाडी बढाईने छ : सिइओ दाहाल
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल कुमार दाहालले शेयरधनीहरुबाट प्राप्त सुझाबलाई कार्यान्वयन गरि कम्पनीलाई अगाडी बढाउने बताएका छन् । उनले कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन शेयरधनीहरुको आबश्यक सुझाव र सहयोग आबश्यक भएकाले प्राप्त सुझाब अनुसार काम कारबाही गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
उहाँले कम्पनीको आन्तरिक कामकारवाहीलाई प्रभावकारि बनाएर समेत लैजाने बताएका छन् । उनले कम्पनीमा हुने खर्चलाई समेत नियन्त्रण गरि आम्दानीको स्रोत बढाउनको लागि योजनावद्ध रूपमा कार्य गरि अगाडी बढ्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन । सिइओ दाहालले आगामी वर्ष शेयरधनीहरूलाई लाभांश वितरण गर्न कम्पनी सक्षम रहेको बताउदै यस वर्ष भने लाभांश वितरण नगरिएको बताएका छन् ।
भने कम्पनीले व्यवसाय वृद्धिको लागि योजनावद्ध रूपमा कार्य गर्दे आई रहेको समेत उनले बताएका छन् । सो कम्पनीबाट आर्थिक वर्ष २०८१/८२ को अवधिमा कुल बीमाशुल्क १७ अर्व ८० करोड ३२ लाख ५९ हजार ५७० रुपैयाँ आर्जन गर्न सफल भएको समेत उनले बताएका छन् ।
कम्पनीको गत आर्थिक वर्षमा कुल बीमाशुल्क १६ अर्ब ६० करोड ७३ लाख १६ हजार ४८९ रुपैयाँ रहेको उनले बताए । यसैगरि, २०८२ पुस मसान्तसम्ममा मात्र कम्पनीले कुल बीमाशुल्क ८ अर्ब ६२ करोड ३७ लाख १३ हजार ९४४ रुपैयाँ संकलन गरेको समेत उनले बताएका छन् ।
कम्पनीबाट २०८२ पुस मसान्त सम्ममा विभिन्न बैंकहरूको मुद्धती निक्षेप तथा शेयरमा लगानी ८२ अर्ब २२ करोड २७ लाख ८२ हजार ९०१ रुपैयाँ रहेको छ भने २०८२ असोज मसान्त सम्मको विवरण अनुसा जीवन बीमा कोषमा ८० अर्ब ५० करोड ८९ लाख ६२ हजार ४५१, कुल दावी भुक्तानी ७ अर्ब ३९ करोड ७८ लाख ६५ हजार १० रुपैयाँ रहेको समेत उनले बताएका छन् ।
उक्त विवरण समेत कम्पनीको १९ औं वार्षिक साधारण सभामा पेश गरि पारित भएको समेत बताइएको छ । सो सभाले सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ती र सञ्चालक दीपक नेपालको नियुक्तीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ समेत उनले बताएका छन् । सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती समेत गरिएको बताइएको छ ।
कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आव २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको सिइओ दाहालले बताएका छन् । कम्पनीका अध्यक्ष शुलभ अग्रवाल, सञ्चालक समिति सदस्य प्रमिला केसीले कम्पनीमाथी प्रकाश पारेको बताइएको छ ।


