अमेरिकी राष्ट्रपति बाइडनलाई धम्की दिने व्यक्त्ति मारिए

२५ साउन, भक्तपुर

अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको हो ।

बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनको आफ्नै घरमा गोली हानि मारिएको हो ।

एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली चलाईएको थियो। बिबिसीका अनुसार एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बताएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।

ती व्यक्तिले आफ्नो फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै ज्यान मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेको आरोप लागेको छ।