नेपाली कांग्रेसका सांसद पक्राउ
२५ साउन,भक्तपुर
सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
सांसद शर्मा मोरङ -३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन्।
प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।


