सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकामा स्कार्पियो दुर्घटना,१ को मृत्यु ६ जना घाइते
१७-भदौ
बा १५ च ९३७० नम्बरको स्करपियो गाडी २०८० भाद्र १७ राति २:०० बजे सुनकोसी गा पा ७, जिरी सडक ५ किलोमा, ३०० मिटर माथिल्लो सडकबाट पल्टेर तल्लो सडकमा आइपुग्दा २ बालबालिका २ महिला सहित ६ जना सख्त घाइते १ को घटना स्थलमा मृत्यु ।
एक जना घाइते बालकले राति २ बजे बचाउ बचाउ भनेर कराए पछी स्वाराका सबै स्थानीय गाउँलेहरु भारी बर्षा हुँदा पनि अप्ठ्यारो बाटोबाटमा घाइतेको उद्दारमा पुगेका थिए ।
सडक निर्माणका चरम लापरबाहीको कारण सोही स्थान गत बर्ष पनि २ वटा ठुला दुर्घटना हुँदा दर्जनौं घाइते भएको थियो ।
ग्रामीण महिला सिर्जनशील परिवारका निर्देशक राजु बिक घतानीले जानकारी दिनु भएको हो उद्वारमा राजु सहित स्थानीयहरु खटेका थिए ।


