मंसिर ७ गतेदेखि सूर्यविनायक महोत्सव हुने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउन प्रथम सूर्यविनायक कृषि, साँंस्कृतिक तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । महोत्सव मंसिर ७ गतेदेखि २२ गतेसम्म सूर्यविनायक नगरपालिका ३ बालकोट हनुमन्ते कोरिडोरसँंगैको ठाउँं भक्तपुरमा हुने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
राष्टिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा महोत्सव हुन लागेको पत्रकार सम्मेलनमा जनाइयो । सम्मेलनमा मुख्य आयोजक राष्टिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालका अध्यक्ष नमराज ढकालले सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अझ वढावा दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाए ।
भक्तपुरको कृषि, पर्यटन, कला, संस्कृति गौरबपूर्ण शान, सूर्यविनायकलाई पहिचान गराउने महान अभियान नारा महोत्सवको राखिएको छ । लामो मेलामा प्रवेश शुल्क निःशुल्क हुने जनाइएको छ ।
मेलाका लागि ३५ लाख खर्च हुने अनुमान गरिएको छ । मेला अवधिभर लाखौ दर्शक आउने अनमान गरिएको छ । मेलाको क्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मका वडालाई एकएक वटा स्टल निःशुल्क रुपमा उपलव्ध गराउने र ती स्टलहरुमा वडाबासीहरुले आआफना उत्पादनहरु राखेर वेच्न सकिने जनाइएको छ ।
मेलाको क्रममा दैनिक राष्टिय तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जन दिलाउने योजना राखिएको छ । साथै विभिन्न प्रतियोगिताहरु पनि गरिने जनाइएको छ । साथसाथै मेलामा अन्य मेलाहरुमा जस्तो नभई स्थानीय खेलहरुमा जोड दिने जनाइएको छ ।