पुस १२ गतेदेखि तीनदिने मध्यपुर महोत्सव २०८१ हुने
भक्तपुर । पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ ग्रिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न भएको र यही कारण आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्राउन महोत्सव गर्न लागेका बताएं ।
थिमि र खोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको उनले बताए । झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको विस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित रहेको उनले जनाए । त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको उनको भनाई छ । अधुनिकीकरणतर्फ द्रूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको उनको भनाई थियो ।
पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुन लागेका उनले बताए । पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता भएको र पर्यटन प्रवर्द्धनका विविध पाटाहरूमध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार भएकोले महोत्सव गर्न लागेको उनले जनाए ।
महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिव २ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई करिव ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको जनाइएको छ । नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समयसमयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउनेका साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव रहको कार्यक्रममा बताइयो ।
स्थानीय मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइने विश्वास गरिएको छ ।
महोत्सव मुख्य गरी थिमि शंखधरचोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिने जनाइयो । यसरी यो महोत्सव करिब ५.५ किमि लामो क्षेत्रमा संचालन हुने जनाइएको छ ।
महोत्सवमा के के अवलोकन गर्न सकिन्छ ?
विषयगत रूपमा महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ भने महोत्सवलाई सबै उमेर समुह (वृद्ध, वयस्क, युवा, बालबालिका), विशेषज्ञ, नेवारी परिकारका पारखी आगन्तुकहरूको रूचीलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको छ। मूलतः महोत्सवमा निम्न विधाहरू रहनेछ।
ड्ड मूख्य पुरातात्विक स्मारक क्षेत्रहरूः
क्वालाखु अजिमा (बालकुमारी) कम्प्लेक्स, लोकेश्वर मन्दिर परिसर, थिमि लायकु कम्प्लेक्स, सिवाह कम्प्लेक्स, दिगु कम्प्लेक्स, इनायक्वा (सिद्धिकाली) कम्प्लेक्स, पतिविहार कम्प्लेक्स, न्याय कम्प्लेक्स, लाची (सिद्धि गणेश कम्प्लेक्स, लायकु कम्प्लेक्स) कम्प्लेक्स पालिसवान पोखरी र कालिका मन्दिर परिसर, विष्णुधाह कम्प्लेक्स, भांगु (महालक्ष्मी) कम्प्लेक्स, तिगानी ताघन्टोल कम्प्लेक्स, नीलबाराही मन्दिर परिसर आदि।
ड्ड संस्कृतिहरूः
मेल नृत्य, महाकाली नृत्य, अष्टमातृका नृत्य, थिमि लाखे, नगचा प्याखान, इन्द्र अप्सरा, पुलुकिसी, जात्रा प्रदर्शनी आदि।
परम्परागत खेलहरूः
लैलाई (घ्वानी खेल वा पान खेल), खिपह खेल, याकन्धला, गडी ब्वाकेगु, घाहचाह तुइकेगु, टुतुमाक्चा, ह्रकारा पन्याचा, कासी, गुच्चा, मचाकाठी, ख्वासिन आदि।
मध्यपुर महोत्सव
ड्ड परम्परागत पेशाहरूः माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, परम्परागत मदिरा बनाउने, खानाको परिकार बनाउने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, पिठो पिस्ने, चामल कुट्ने, गेडागुडीको व्यापार, मूर्तीकला, हस्तकला आदि।
ड्ड स्थानीय जीवनशैलीः
भजनकीर्तन, पूजा, वृद्ध तथा बालबालिकाको खेल, बाँसुरी बाजासहित नगर परिक्रमा, धिमेबाजासहित नगरपरिक्रमा आदि।
ड्ड नेवारी परिकारः
समय बाजी, वाह, चाताम्मारी, योमरी, कच्चा, चकुवासाह, सखासलन, तखा, आयलाह, धवन आदि।
ड्ड नेवा भवे
विशेष नेवा भ्वे, चौरासी भोजन भवे, सजनबुर्ज भवे
ड्ड साँस्कृतिक प्रदर्शनीहरूः
नेवाः भ्वयका प्रकारहरू, जिब्रो छेड्ने जात्राको डम्मी, भैलः को डम्मी, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवाः समाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा आदि।
ड्ड व्यापार प्रदर्शनीः
हस्तकला, तिकिं बजि (चिउरा), माटो र माटोको भाँडाकुँडा, सेरामिक, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरुवा, गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेल आदि।
ड्ड सांस्कृतिक कार्यक्रम
विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगितिक प्रस्तुती ।
७. महोत्सव संचालनको संरचनात्मक ढाँचा
महोत्सवलाई व्यवस्थित ढंगले सु–सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको छ। जसअनुसार नगरप्रमुख सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा मध्यपुर महोत्सव मूल समारोह समिति, सल्लाहकार समिति, महोत्सव संचालन समिति लगायत ६ वटा क्षेत्रगत समिति र उक्त क्षेत्रगत समिति अन्तर्गत १० वटा विषयगत उपसमितिहरु गठन गरिएको छ।
८. क्षेत्रगत समितिहरु
१. दिव्यश्वरी साँस्कृतिक क्षेत्रगत समिति संयोजक बाबुकाजी डंगोल वडाअध्यक्ष वडा नं. १
२. बालकुमारी साँस्कृतिक क्षेत्रगत समिति संयोजक बालकृष्ण पात्या श्रेष्ठ वडाअध्यक्ष वडा नं. ४
३ चापाचो सांस्कृतिक क्षेत्र समितिका संयोजक ज्ञानदास प्रजापति वडा अध्यक्ष वडा नं. ६
४. नगदेश साँस्कृतिक क्षेत्रगत समिति संयोजक कृष्णकुमार प्रजापति वडाअध्यक्ष वडा नं. ७
५. बोडे साँस्कृतिक क्षेत्रगत समिति संयोजक रमेश थापा श्रेष्ठ वडाअध्यक्ष वडा नं. ८
६. टिगनी निकोशरा साँस्कृतिक क्षेत्रगत समिति संयोजक सानुकाजी राजबहाक वडाअध्यक्ष वडा नं. ९मध्यपुर
९. क्षेत्रगत समिति अन्तर्गतका विषयगत उपसमितिहरु
१. आर्थिक व्यवस्थापन उपसमिति
२. संस्कृति तथा सम्पदा व्यवस्थापन उपसमिति
३. स्थानीय परिकार र उत्पादन प्रवर्द्धन उपसमिति
४. महोत्सव प्रदर्शनी व्यवस्थापन उपसमिति
५. साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति
६. प्रचारप्रसार तथा प्रकाशन उपसमिति
७. सुरक्षा व्यवस्थापन उपसमिति
८. सरसफाइ व्यवस्थापन उपसमिति
९। स्वयंसेवक र पार्किङ व्यवस्थापन उपसमिति
१०. स्वास्थ्य व्यवस्थापन उपसमिति
१०. महोत्सवको बजेट


