गुण्डूको दुर्घटनामा दसजना घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ मा तीव्र गतिमा गुडिरहेको स्कार्पियो ब्रेक फेल हुँदा दुर्घटनामा परेको छ। घटनामा दश जना घाइते भएका छन्।

बिहीबार दिउँसो सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो अनियन्त्रित भएर पल्टिँदा दश जना घाइते भएका हुन्।

घटनामा घाइते हुनेहरूमा सोलुखुम्बुका विवेक बस्नेत, खोटाङका राजेश पोख्रेल, भक्तपुरका आशिष अछामी, विनोद खत्री,  सविन अछामी, रुपक पन्त, सुबोध अछामी, सविन अछामी र कमल अछामी, काभ्रेका सुदिप खरेल र नीराजन खरेल रहेका छन्।

घाइतेहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ। ब्रेक फेल भइ सवारी अनियन्त्रित भइ दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।