“स्टेडियम निर्माण, संबेदनसिलता र गाम्भिर्यता”
५० हजार दर्शक क्षमताको स्टेडियम सुर्य बिनायक नगरपालिका जगातीको इटा टाएल कारखानाको जमिनमा निर्माण हुन लागेकोमा सुर्यबिनायक नगरपालिका कै बासिन्दाको हैसियतले सार्है खुसी लागेको छ । यति ठूलो स्टेडियम सुर्यबिनायक नगरपालिका मै बन्नु सुर्यबिनायक नगर बासिन्दा र समग्र हामी सबै भक्तपुर बासिका लागि गौरवको बिषय हो तर हाल सो जमिनमा ५० शैयाको नगर अस्पताल पनि संचालनमा रहेकोले त्यति ठुलो स्टेडियम त्यही सँगै निर्माण गर्नु अघि धेरै कुरामा बिचार पुराउनु पर्छ भन्ने सन्दर्भमा केही लेख्ने धृष्टता गरेको छु ।
अस्पताल नजिकै स्टेडियम बनाउनु सहि या गलत यसको सोझो उत्तर दिन अलि कठिन नै छ । तर अस्पताल नजिकै स्टेडियम निर्माण गर्ने कुरा अलि जटिल विषय भने पक्कै हो । यसरी अस्पताल नजिकै स्टेडियम निर्माण गर्दा आर्थिक, नैतिक, व्यावहारिक र सामुदायिक असरहरूका बारेमा महत्त्वपूर्ण ध्यान पुराउन जरुरी छ । किनकि अस्पताल नजिकै स्टेडियम बनाउन हुन्छ कि हुँदैन भन्ने कुरा स्टेडियम निर्माण गर्दा स्टेडियम निर्माणकर्ताहरुले स्टेडियमलाई कसरी उपयुक्त बनाउन सकिन्छ र अस्पताल तर्फ हुनसक्ने सम्भावित नकारात्मक प्रभावहरूलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरालाई कसरी र कति गहनतम रुपमा लिएका छन त्यसमा निर्भर गर्दछ । त्यसैले यस स्टेडियम निर्माणकर्ताहरुले यसको DPR बनाउदा बडो संबेदनसिल हुन जरुरी छ । सो DPR तयार गर्दा त्यसमा सम्लग्न्न पदाधिकारीहरुले तपशिलका सम्भावित नकारात्मक प्रभावहरूले संचालनमा रहिरहेको हाम्रो सुर्यबिनायक नगर अस्पताललाई असर प्रभाव पर्न जान्छ कि भन्ने कुरामा गम्भीर ध्यान पुराउन जरुरी हुन्छ । १) ध्वनि प्रदूषण २) ट्राफिक जाम ३) पार्किङ समस्या ४) वायु प्रदुषण ५) सुरक्षा थ्रेट ६) प्रकाश प्रदूषण ७) मनोबैज्ञानिक प्रभाव ८) अस्पतालका साधन स्रोतहरू माथी पर्न सक्ने दबाब अस्पताल नजिकै स्टेडियम निर्माण गर्नु सामान्यतया राम्रो मानिँदैन किनभने बिरामी हेरचाहका लागि आवश्यक शान्ति, शान्तपुर्ण वातावरण र स्टेडियमको कोलाहलपूर्ण, उच्च ट्राफिक बीचको अन्तर्निहित अबगुणले अस्पताललाई प्रभाव पार्न सक्दछ । यद्यपि यी सम्भाबित नकारात्मक प्रभावहरूलाई कम गर्न र बिरामीको कल्याण र अस्पतालको सञ्चालनमा कुनै सम्झौता नहुने गरि असाधारण उपायहरू अपनाई स्टेडियम निर्माण गर्न सकियो भने त्यो स्टेडियम निर्माण गरिनु गलत हुने छैन। बिरामीको सुरक्षा, उपचार र हेरचाहरलाई प्राथमिकता दिने गरि बिस्तृत बाताबरणिय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न गरियोस । गम्भीर र संबेदनसिल हुँदै यसको DPR तयार गरियोस र सोही अनुरुप चाडै त्यो स्टेडियम निर्माण होस हार्दिक सुभकामना र हामी सबैलाई हार्दिक बधाई ।


