Prithvi Post

२२ आश्विन २०८२, बुधबार

काठमाडौं २५ साउन । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा फुटबल खेलमा उत्तर कोरियासँग नेपालले फराकिलो अन्तरको हार बेहोरेको छ भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भएको छ । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको विजयी भएको हो ।

यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो छ । यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0