गोठाटार तेक्वान्दो डोजाङ्गको ३२ जना जुनियर ग्रेडिङ्ग सम्पन्न

काठमाडौं । गोठाटार तेक्वान्दो डोजाङ्गले नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार नियमित प्रशिक्षणमा रहेका आफ्ना ३२ जना जुनियर खेलाडीहरुको बेल्ट टेस्ट सम्पन्न गरेको छ ।

नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा गोठाटार तेक्वान्दो डोजाङ्ग प्रमुख प्रेमबहादुर भण्डारीको सहभागीतामा १७ जना पुरुष र १५ जना महिला खेलाडीहरुको परिक्षा लिएको जनाइएको छ ।

सहायक प्रमुख प्रशिक्षक प्रशान्त भण्डारीले अभिभावकहरुको उपस्थितिमा परिक्षा लिएको बताएका छन् । उनका अनुसार परिक्षामा महिलातर्फ डिजाश्री थापा र पुरुष तर्फ मिलन सापकोटा उत्कृष्ट खेलाडी घोषित भएका थिए भने सम्पूर्ण खेलाडीहरु उतिर्ण हुन सफल भएको बताए ।

गोठाटार तेक्वान्दो डोजाङ्गबाट दोस्रो डान परिक्षामा समाबेश हुने खेलाडीहरु आयुसा बराल, भुमिका बोहरा र बिनिसा बोहरालाई सफलताको कामना सहित बिदाइ गरिएको समेत बताइएको छ ।