Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पार्नुभयो ।

पोखरेलले भन्नुभयो, “संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरु सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छ, भने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उयपुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।”

उहाँले भन्नुभयो, “हामी अस्थिरता अन्त्य गर्छौँ ।” उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताउनुभयो । महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0