Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । देशभर भएको प्राकृतिक विपद्का मुख्य घटनामा परी २ सयभन्दा बढीको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत वैशाखदेखि भदौ १४ गतेसम्म विपदका ३ हजार २ सय ८१ वटा घटना भएकोमा २ सय ७ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको छ। विपदमा परि अझै २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते भएको जनाएको छ ।

बाढी, पहिरो, भारी वर्षा, चट्याङ्ग, आगलागी, हावा हुरी, असिना, सर्पदंश, लेक लाग्नु, जनावरको आक्रमण जस्ता विपद् जन्य घटना भएका छन्, जसबाट यस अवधिमा ५ हजार ९६३ परिवार प्रभावित भएका प्राधिकरणले जारी गरेको बुलेटिनमा उल्लेख छ। सबैभन्दा धेरै ७२ जनाको मृत्यु सर्पले टोकेर भएको छ भने चट्याङ्ग लागेर ३१, बाढीमा परी २७ र पहिरोले १८ जनाको ज्यान लिएको छ।

विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका १ हजार १९७ वटा घटना भएका छन्, जसमा परेर १५ जनाको मृत्यु, १६५ जना घाइते भएका छन्। चौबीस घण्टामा ३७ जिल्ला विभिन्न घटनाले प्रभावित भएको छ। १७ जिल्लामा पहिरो, ९ जिल्लामा आगलागी, ५ जिल्लामा पहिरो र ६ जिल्ला अविरल वर्षाका कारण प्रभावित रहेको प्राधिकरणले उल्लेख गरेको छ। गत शुक्रबारदेखि हिजोसम्म भएका ४७ वटा विपद्का घटनामा ३ जना घाइते भएका छन् भने ८ जनाको उद्धार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0