प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठकको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठकको आह्वान गरेसंगै बस्न छ । प्रधानमन्त्री कार्कीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने गरि शुक्रबार ४ बजे सो बैठक बोलाउनु भएको बताइएको छ । सो बैठकमा आसन्न निर्वाचनको विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने जनाइएको छ ।
प्रधानमन्त्री कार्कीका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको बताउनु भएको छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।


