सरकार र जेनजीबीचको सम्झौता कलाविहीन भद्दा नाटक: एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्र्नुभएको हो । उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनु भएको हो । उहाँले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गर्नुभएको छ । उहाँले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गर्नुभएको छ । उहाँले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताए। वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापना नै अन्तिम विकल्प भएको बताउनस भएको छ ।

उहाँको भनाइ :

हिजोको एउटा कलाविहीन थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र रु यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले रु कसैले भोट हालेर चुनेको सरकार हो रु गोबर लगाएर टाँसेको होइन रु त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो ।

रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन । यो कलाविहीन भद्दा नाटक हो । ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरे । उनले भने, ‘सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ । नागपञ्चमीमा गोबर लगाएर टाँसे जसरी कसले ल्याएर टाँसेको सरकार हो यो रु यो नागको फोटो कसले टाँस्यो मैले थाहा पाएको छैन । खोज्दैछु ।’