एमाले अध्यक्ष ओलीमाथीको स्थानहद हटाइन्छ : सूचनामन्त्री खरेल
काठमााडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गुण्डुस्थित निवासमा दुई घण्टा छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरलले निर्वाचनको वातावरण बनाउन सरकारले सबैखाले उल्झन हटाउने बताएका हुन ।
निर्वाचनको मिति नजिक आइसकेका बेला सरकारले आफूलाई स्थानहद कायम राखेको भन्दै एमाले अध्यक्ष ओली धारणा राखेपछि सो स्थानहद हटाउने मन्त्री खरेलले बताएका छन् ।
सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचन महोत्सव हो, यो लक्ष्य प्राप्तिका लागि हाम्रा आसपासमा केही अल्झन छन्, चुनौती छन्, केही कुरा सहज बनाउनु छ भने निर्वाचनको गन्तव्यमा पुग्नका लागि सरकारले त्यो वातावरण बनाउनुपर्छ, बनाउँदै अघि बढ्छ ।’


