आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित
काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । टीयु क्रीकेट मैदानमा जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल छदै ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् । उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए ।
बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् ।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो।


