निर्माण आयोजना रुग्ण हुन नदिन मुल्यबृद्दि समायोजन गर्नु उत्तम विकल्प हो : महासंघका पुर्वमहासचिब देउजा
काठमाडौं । सार्वजनिक निर्माण व्यवस्थापनमा इन्धनमा भएको मुल्यवृद्धि प्रमुख चुनौती र निर्माण आयोजना रुग्ण हुन नदिन मुल्यबृद्दि समायोजन पहिलो आबश्यकता रहेको निर्मार्ण व्यवसायीहरुले बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासघको निर्वाचन समाप्त भइ गठन भएको नवनिर्बाचित कार्यसमितिलाई सुझावको रुपमा महासघका पुर्ब महासचिव राम शरण देउजाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सो कार्य गर्न आग्रह समेत गरेको बताएका छन् ।
उनले सार्बजनिक निर्माण ब्यबस्थापनमा इन्धनमा भएको मुल्यवृद्धि प्रमुख चुनौती रहेको र यसबाट निर्माण आयोजनाहरुमा निर्माण कार्य अबरुद्ध हुने काम बन्द हुने भएकाले जसको प्रभावले निर्माण आयोजना रुग्ण हुन जाने परिस्थिति बन्ने भएका कारण तत्काल सो कार्यमा लाग्न समेत आग्रह गरेका छन्।
आयोजना रुग्ण हुन नदिन मुल्यबृद्दि समायोजन पहिलो आबस्यकता भएकोले यसलाई नवनिर्वाचित महासघ कार्यसमितिले प्राथमिकतामा राखेर आफना कार्ययोजना सार्बजनिक गर्न समेत पुर्वमहासचिब देउजाले अनुरोध गरेका छन् ।


