ललितपुर सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ हुने
ललितपुर ः– कला संस्कृति संरक्षण ललितपुर नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा ‘ललितपुर सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’ को आयोजना पुष ५–२० गतेसम्म ललितपुर नगरपालिकाको कुपण्डोल करिडोर वडा नं.१ को कार्यालयसँगैको खुल्लाचौरमा हुन भएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरुलगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष रतन महर्जनले जानकारी दिए ।
महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादन, विउ, विजन, कृषि औजानर, प्रविधि तथा यन्त्र, गार्मेन्ट तथा जुत्ता चप्पल, सूचना प्रविधि, शैक्षिक संस्था, बैंकिंग संस्था तथा वित्तिय संस्था, मौलिक बाजागाजा स्टलहरु रहने राष्ट्रिय संगीतकर्मी संघ ललितपुरका जिल्ला अध्यक्ष सुवास महतले जानकारी दिए । संयुक्त नेपाल मेला महोत्सवका सचिव दिपक दाहालका अनुसार महोत्सवमा, बालवालिकाको लागि एसियाकै उत्कृष्ट बाल उद्यानलगायत विविध मनोरञ्जनात्मक खेलकुदका गतिविधि, रोटेपिङ्ग, ड्रागन, नाउ, मिकि माउस, ट्रम्पोलिङ, स्करपियो आदिका साथमा राष्ट्रिय अन्तर्राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग र सञ्चारकर्मीका लागि निःशुल्क प्रवेषको व्यवस्था गरिएको साथै विदाका दिन बाहेक निःशुल्क प्रवेष व्यवस्थाको जानकारी संयुक्त नेपाल मेला महोत्सवका प्रतिनिधि अरविन्द जैसवालले जानकारी दिए ।


