प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरू: आइतबार निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरू हुँदैछ । सत्तारुढ घटक रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ । साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । राष्ट्रियसभा उपाध्यक्ष पदको लागि भने चैत २३ गते निर्वाचन हुँदैछ ।