सिस्नेरी–दक्षिणकाली सडक बन्द

काठमाडौं। सिस्नेरी–दक्षिणकाली सडक आजदेखि पुस ११ गतेसम्म बन्द गरिएको छ। सिस्नेरी–दक्षिणकाली सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले आजदेखि ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचना जारी गर्दै दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाएको जानकारी दिएको हो। सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक प्रयोग गर्न समेत प्रहरी कार्यालयले आग्रह गरेको छ।

त्यसैगरी सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।