कतै कति, कतै कति मापदण्ड किन ?

भक्तपुरको जगाती प्रहरी वृतदेखि चाइनिज इट कारखाना हुँंदै ऐतिहासिक डोलेश्वर मन्दिरसम्म पुग्ने सडक फराकिलो हुने क्रम सुरु भएको छ । तर सडक विस्तारको क्रममा तीन थरी मापदण्ड लगाएको पाइएको छ । यसले हामी स्थानीयबासी पीडित बनेका छौं ।
जगातीको डोलेश्वर जाने प्रवेशद्धारदेखि केही सय मिटर माथि मोडसम्मको इट कारखानाभित्रको क्षेत्रफलमा मापदण्ड नै लागू गरिएको छैन अर्थात् सडक विस्तार गरिएको छैन । त्यसभन्दा माथि मोडदेखि झ्यालीपाटी (चोकको पाटी) सम्म एक मिटर बढाइएको छ । यो वीचमा झ्यालीपाटीदेखिको मुनि ढलमा कही ढलसहितको एक मिटर त कही ढल बाहेकको एक मिटर बढाउने भनिएको छ ।
यसरी ढल बाहेकको एक मिटर विस्तार हुँंदा हामी केही स्थानीय पीडित भएका हौ । कसैको घर अगाडि चाहिं ढलसहितको एक मिटर हुने अनि कसैको घर अगाडि ढल बाहेकको एक मिटर कायम गरिएको छ । यसले थप नौ इन्च जग्गा थप गरी दिनुपरेर हामी पीडित भएका हौं ।
सुनिए अनुसार अझ कसैको त मापदण्ड विपरित भएर पनि नगरपालिका वडा सूर्यविनायक नगरपालिकाले नक्सा नै पास गरिदिएको छ रे । त्यसमाथि कसैमाथि न्याय, कसैमाथि अन्याय किन भइरहेको छ यो नगरपालिकामा ? जगातीका स्थानीय पीडितहरु