नेककी प्राध्यापक त्रिपाठीलाई नयाँं सफलता
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) की प्राध्यापक सावित्री त्रिपाठीले इम्प्यानल कलेज लण्डनका ग्लोबल कनेक्टेट फण्ड अन्तर्गत विल्डिंग अ रिजनल प्लेटफम फर एसाइनिंग वास टेक्नोलोजी फर मार्केट रेडिनेस एण्ड स्केलबल इम्प्लिमेन्टेशन इन इन्डिया एण्ड नेपालको आवेदनमा सफल हुनुभएको छ । यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रोफेसर माइकल टेम्पलेटनको नेतृत्वमा प्रोफेसर तथा मनिपाल युनिभसिटीकी प्रोफेसर योनिका सोगानीले सहअनुसन्धानकर्ताको रुपमा संलग्न हुनेछन् । यो परियोजना एक वषको (अगष्ट २०२५ देखि अगष्ट २०२६) हुनेछ ।
यस परियोजनामा प्रोफेसर त्रिपाठी नेपालको स्यानिटेशन प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको स्केलिंगमा नेतत्व गर्र्नुृहुनेछ । परियोजनाले स्यानिटेशन टेक्नोलोजी प्रविधिको विशिष्ट योजनावद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको माकेटिंग र स्यान्ल्याम्प अफ स्टाटजी समावेश हुने गरी भविष्य निर्र्माण गर्ने जनाइएको छ । यस परियोजनाले विद्याथीहरुलाई स्यानिटेशन प्रविधिहरुमा अध्ययन अनुसन्धानका विकासमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास गरिएको छ ।



