पूर्वाधार निर्माणको विकल्पका रुपमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक आबश्यक छ : अर्थमन्त्री पौडेल
काठमाडौं, २६ साउन । अर्थमन्त्री विष्णु पौडेलले ट्रेजरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरी पूर्वाधार निर्माण विकल्पको रुपमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक आएको बताउनु भएको छ । सोमबार अर्थ समितिको बैठकमा भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले सो कुरा बताउनु भएको हो । राज्यले पूर्वाधारमा लगानी गर्नका लागि ट्रेजरीबाट स्रोत जुटाउन सबैमा सम्भव नभएको भन्दै यसको विकल्पको रुपमा विधेयक आएको उहाँले बताउनु भएको छ ।
उहाँले यो विधेयकको आत्मालाई सबैभन्दा पहिला बुझ्न जरुरी रहेको समेत बताउनु भएको छ । उहाँले यसको विकल्प भनेको राज्यले पूर्वाधारमा लगानी गर्नका लागि ट्रेजरीबाट स्रोत जुटाउन सबैमा सम्भव भएन । यस्तो अवस्थामा ट्रेजरीभन्दा बाहिरबाट पनि पूर्वाधार आयोजनामा लगानी गर्नका लागि स्रोत जुटाउन सकौं भनेर ल्याइएको अवधारणा हो । त्यस्ता आयोजनाले प्रतिफल दिन्छ । त्यस्ता आयोजनाहरु जसमा लगानी गर्दा लगानीकर्ताहरुले प्रतिफल पाउँछन् । त्यसका लागि यो उपयुक्त विकल्प हो ।
ट्रेजरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरेर पूर्वाधार निर्माण गर्ने विकल्प भएको बताउनु भएको छ । उहाँले विधेयकले आयोजना छनोट, स्रोत व्यवस्थापन र कार्यान्वयनको लागि बाटो र कानूनी आधार दिने पनि उनले बताउनु भएको छ ।


