८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिए : निर्वाचन आयोग

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले थपप गरेको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । आगामी फागुन २१ गते गरिने भनेको प्रतिनिधि सभा निर्वाचनकालागि ८ लाख ३७ हजार ९४ मतदाता थपिएको निर्वाचन आयोगले जनएको छ ।

निर्वाचन आयोगका अनुसार असोन ९ गतेदेखि मंसिर ५ गते सम्म खुला गरिएको मतदाता नामावली संकलनमा साढे ८ लाख मतदाता थपिएको बताइएको छ। जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेको आयोगले जनाएको छ ।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।