काँग्रेसको महाधिबेशनको मिति तय गर्न सकस : सभापति दउवा निवासमा दैनिक छलफल
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति टुंग्याउन बसेको अनौपचारिक बैठक अनिर्णित बनेपछि शनिबार पुन छलफल भएको बताइउको छ ।
महाधिवेशनको मिति टुंग्याउन आइतबार सरेको केन्द्रीय समिति बैठकअघि सहमति खोज्न सभापति शेरबहादुर देउवाले शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा. शेखर कोइरालासहितको बैठक बस्नु भएको थियो तर, संस्थापन र महामन्त्रीद्वयले ल्याएको एक अर्को प्रस्तावमा सहमति नभएपछि शनिबार दिउँसो २ बजे पुनः देउवानिवासमा बैठक बसेर सहमतिको प्रयास गर्ने नेताहरूबीच समझदारी भएको समेत बताइएको छ।
शुक्रबारको अनौपचारिक बैठकमा सहमतिका आधारमा पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने वा केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय लिनेबारे छलफल भएको थियो। सभापति देउवाले विशेष महाधिवेशनमा जान नहुने स्पष्ट पार्दै सहमतिका आधारमा अघि बढ्ने उपाय खोज्न नेताहरूलाई अनुरोध गरेका थिए।


