जेनजी समूहकै असहमति, सम्झौता नै च्याते
काठमाडौँ : जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षरपछि विवाद भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको सम्झौताका विषयमा जेनजी समूहबीच असहमति भएको हो। जेनजी प्रतिनिधि केहीले सम्झौता नै च्यातेका छन्। सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।


