मेलम्ची खानेपानीमा भ्रष्टाचार : तत्कालीन सचिव भीमप्रसाद उपाध्याय सहित १७ जना विरुद्ध मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमा भ्रष्टाचार विरोधी अभिव्यक्ती दिदै आएका सरकारको पुव सचिब भीमप्रसाद उपाध्याय सहित १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाई दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर , रुद्रसिंह तामाङ,तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल लगायत १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।

फैसला पुनरावलोकनका लागि आइतबार सर्वोच्चमा गरिएको पुनरावेदनमा हालैमात्र जेनजी शहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई पनि विपक्षी बनाइएको छ । उनी मेलम्ची भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन उपसचिव हुन् । उनको परिवारका सदस्य जेनजी आन्दोलनमा कोही परेका थिएनन्,तर उनी शहीद परिवारको प्रतिनिधिका रूपमा प्रधानमन्त्रीसँग हस्ताक्षरकर्ता बन्नुलाई रहस्यमय मानिएको छ ।

पुर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोला प्रतिवादी-डा.-संजय-शर्मा समेत

थापालाई जेन–जी आन्दोलनका क्रममा २३ भदौमा नयाँ बानेश्वरमा प्रहरीको गोलीबाट मारिएका ईश्वतबहादुर अधिकारीको आफन्त भनिएको छ । उनले इश्वत आफ्नै संरक्षणमा रहेको बताएका थिए । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनामा ईश्वतको पुर्ख्यौली घर तनहुँको भानु र पछिल्लो ठेगाना काठमाडौं–११ उल्लेख गरिएको छ । मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो ।