सरकारका मन्त्रीबाट निर्माण व्यवसायीहरूको मानमर्दन भयो : अध्यक्ष रवी सिंह (भिडियो सहित)

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघ भक्तपुरको २३ औं साधारण सभा भक्तपुरमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । सो सभामा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्रीबाट निर्माण व्यवसायीहरूको मानमर्दन गरिने कार्यमा भएको आरोप लगाएका छन् । उनले भक्तपुर निर्माण व्यवसायी संघको २३ औं साधारण सभाको उद्घाटन गर्नेक्रममा सो आरोप लगाएका हुन ।

उनले जेन जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा निर्मम प्रहार गरिरहनु सुखत नभएको समेत बताएका छन् ।

उर्जा, जलश्रोत, सिँचाई, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरूमाथि प्रहार गरिरहेको समेत आरोप लगाएका छन् । मन्त्रीबाट गरिएका यस्ता कदमले व्यवसायीहरू हतोत्साहीत भएको बताउदै सो कार्य तत्काल छोड्न समेत आग्रह गरेका छन् ।

अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गरेका छन् । सो कार्यक्रममा संघ भक्तपुरका अध्यक्ष विजयकुमार देउजाले सवैको साथ र सहयोगबाटमात्र विकास निर्माण कार्य सम्पन्न हुने भएको सवैको साथ सहयोग गर्न आग्रह गरेका छन् ।

साधारणसभामा महासंघ भक्तपुरका महासचिव सुधिर थापाले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरिशरण बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिबेदलनलाई सभाले पारित गरेको बताइएको छ ।

साधारणसभामा महासंघका पूर्व महासचिव रामशरण देउजा लगायतका दर्जनौ अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  संघको २३ औं साधारण सभाको अध्यक्षता संघका अध्यक्ष विजयकुमार देउजाले गरेका थिए भने महासचिव सुधिर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।