नागरिक लगानी कोषको पुस ३० गते साधारण सभाको आह्वान
काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारण सभा गर्ने गरि आह्वान गरेको छ । उक्त सभा कोष भवन परिसरमा हुने समेत जनाएको छ ।
सो साधारण सभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको कोषले जनाएको छ । त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।


