१३ औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस मनाईयो

काठमाडौँ । आज (विहिबार) १३ औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान शुरु गरेका हुन् । स अवसरमा काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रममा सहभागीहरू ढाका टोपी लगाएर उपस्थित भएका थिए ।